
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्न लागेको छ ।राष्ट्र बैैंकले बुधबार एक सूचना प्रकाशित गरी २१ दिने भाखा राखी ५० अर्ब निक्षेप संकलन गर्न लागेको जनाएको हो । अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत दिउँसो ३ बजेसम्मको समय दिएर ५० अर्ब निक्षेप संकलनमा सहभागी हुन चाहने बोलकबोलकर्तालाई आह्वान गरिएको छ ।
ब्याजदर बोलकबोलबाट हुने गरी सोको साँवा र ब्याजको भुक्तानी इजाजत पत्र क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ५० अर्ब निक्षेप संकलनमा सहभागी हुन केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आह्वान गरेको छ । बोलकबोलकर्ताले बहु ब्याजदरमा पनि प्रस्ताव गर्न सक्ने जनाइएको छ । निक्षेप बापत जम्मा गर्न चाहेको रकमको र ब्याज दर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्न भनिएको छ ।
सब भन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने जनाइएको छ । निक्षेप संकलनमा जनाइएको रकमलाई बोलकबोलकर्ताले अनिवार्य नगद मौज्दातमा वा सीआरआरमा गणना गर्न नपाउने जनाइएको छ । एसएलआर तथा लिक्विटी रेसियामा गणना गर्न पाइने जनाइएको छ ।तोकिएको समय भित्र बोलकबोलकर्तालाई भुक्तानी नगरिने पनि जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij