Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

एभरेष्ट बैंकको ऋणपत्रका लागि आवेदन दिने अवधि चैत ३ गतेसम्म बढाइयो

एभरेष्ट बैंकको ऋणपत्रका लागि आवेदन दिने अवधि चैत ३ गतेसम्म बढाइयो

  • काठमाडौँ । एभरेष्ट बैंकको ऋणपत्रका लागि  आवेदन दिने अवधि चैत ३ गतेसम्म बढाइएको छ । बैंकको ऋणपत्रमा बुधबारसम्म माग अनुसार आवेदन नपर्ने देखिएपछि बिक्री खुला गरिएको अवधि बढाइएको हो।यसअघि एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र फागुन १८ गतेदेखि बिक्रीमा राखिएको थियो। अब लगानीकर्ताले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। माग बमोजिम आवेदन परे तोकिएको समय अघि नै निष्काशन बन्द हुने बिक्री प्रबन्धकले जनाएको छ।

    बैंकले १० वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ ऋणपत्रमा खुलाएको हो। ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ।१ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकामा १८ लाख कित्ता विभिन्न संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ।

    बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।ऋणपत्रको वार्षिक ब्याजदर ७.५० प्रतिशत तोकिएको छ। यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij