Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

अवैधबाटो भएर अमेरिका पुगेका नेपालीहरूको एक समूहलाई नेपाल फिर्ता पठाइयो

अवैधबाटो भएर अमेरिका पुगेका नेपालीहरूको एक समूहलाई नेपाल फिर्ता पठाइयो

  • काठमाडौँ । अमेरिकी सरकारले  अवैध बाटो भएर अमेरिका प्रवेश गरी बसेका नेपालीहरूलाई बुधबार फिर्ता पठाइदिएको छ ।अमेरिकाले बुधवार बिहान विशेष चार्टर विमानमार्फत ती अवैध अमेरिका प्रवेश गर्नेहरूलाई नेपाल ल्याएर अध्यागमनको जिम्मा लगाएको हो । 

    बुधवार बिहान १० बजे उनीहरूलाई त्रिभुवन विमानस्थलमा ओरालिएको थियो । त्यसपछि उनीहरूको अध्यागमन प्रक्रिया पूरा गरी हाल मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाइएको छ ।यसरी अमेरिकी सरकारले डिपोर्ट गरेकाहरूमा सुस्मा घर्ती, लक्ष्मण कँडेल, सुकुमार पुन मगर, हिमाल बिक, मोहन गौतम, टोप घर्ती, कमल ओली र दीपक खड्का रहेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशबाट अवैध आप्रवासीहरूलाई तिनीहरूको माउ घर फिर्ता पठाइ दिने गरेको वाचा अनुसार विश्वका विभिन्न देशमा तिनका नागरिकहरूलाई पठाइएको हो । सोहीक्रममा अमेरिकाबाट डिपोर्टमा परेका यी नेपालीहरूलाई फिर्ता पठाइएको हो ।

    यसरी अवैधरूपमा अमेरिका पुग्नेहरूमा  अधिकांश पैदल हिँडेर चोरबाटो अमेरिका पुग्ने गर्ने गरेका छन् । यस्ता अवैधबाटो भएर जानेलाई डंकी भनिने गरिन्छ । यसरी अवैध जानेहरूले आफ्नो देशको पहिचान मेटाएर त्यहाँ पुग्ने गरेका छन् । मानव तस्कर समूहले मेक्सिको चोरबाटो हुँदै उनीहरूलाई अमेरिका छिराउने गरेको छ । 
    फिर्ता पठाइएका नेपालीहरू पनि त्यसै गरी पु¥याइएको  बुझिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij