Logo

Mar 14 2025 | २०८१, चैत १गते

Mar 14 2025 | २०८१, चैत १गते

images

सार्वजनिक सेवामा लैङ्गिक सवालहरु र भावीमार्ग चित्रहरु विषयक  अन्तरक्रिया कार्यक्रम सम्पन्न

सार्वजनिक सेवामा लैङ्गिक सवालहरु र भावीमार्ग चित्रहरु विषयक  अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले   नेपालको सार्वजनिक सेवामा लैङ्गिक सवालहरु र भावीमार्ग चित्रहरु विषयक  अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । ११५औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च २०२५) को अवसरमा  सडक विभागको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

    m2.jpg

    नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन महिला विभागकी उपाध्यक्ष यशोदा आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्माको उपस्थिति थियो । सांसद शर्माले महिलाको हकअधिकारबारे लड्नु पर्ने बताउँदै महिला दिवसको अवसरमा सबैलाई शुभकामना दिएकी थिइन् ।

    m.jpg

    कार्यक्रमको समापन गदै अचार्यले पुस्तौदेखि चलिआएका विकृति विसंगति हटाएर  प्रगतिशिल उत्पादनमूखी, रोजगारमूखी र अधिकारमूखी बनाउदै अधिकार स्थापित गराउनुपर्ने बताइन् । सन् १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन लगायतका माग राखी गरेको आन्दोलनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मानाउने गरिएको छ ।

    m4.jpg

    २०६२/६३ सालको जनआन्दोलनका क्रममा  त्यतिबेला भएका जनयुद्ध र जनआन्दोलनमा महिला प्रति भएका अन्यायको बारेमा आचार्यले स्मरण गर्दै जनयुद्धमा महिलाको त्याग बलिदानप्रति गर्व व्यक्र गरिन् । हरेक आन्दोलनमा सक्रिय रुपमा सरिक भएका महिला पदमा पुग्ने बेलामा केही ‘देखाउन’कै लागि जस्तो गरी पद दिनु र निर्णयात्मक तहमा समावेश नगर्नु यो आन्दोलन  मर्ममाथि नै प्रहार भएको आचार्यको भनाइ छ । 

    नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले चैत २ गते शनिबार ललितपुरको गोदावरीमा वनभोजको आयोजना गर्न लागेको छ । उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गर्न संगठनले सबैलाई आग्रह समेत गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij