Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नेपालको विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतको वृद्धि

नेपालको विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतको वृद्धि

  •  

    काठमाडौं।  चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालको विप्रेषण आप्रवाह (रेमिटेन्स) ७;३ प्रतिशतले बढेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा १८.८ प्रतिशतको वृद्धि भएको थियो।

    अमेरिकी डलरमा रेमिटेन्स ५.३ प्रतिशतको वृद्धिसँग ६ अर्ब ६५ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।

    यस अवधिमा, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ जना पुगेको छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ८८६ जना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij