Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

प्राइम कमर्सियल बैंकको नाफामा २२% गिरावट, इम्पेयरमेन्ट चार्जमा वृद्धि

प्राइम कमर्सियल बैंकको नाफामा २२% गिरावट, इम्पेयरमेन्ट चार्जमा वृद्धि

  • काठमाडौँ। प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु २ अर्ब २२ करोड ९३ लाख खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु २ अर्ब ८७ करोड नाफा कमाएको थियो।

    बैंकको इम्पेयरमेन्ट चार्ज रु ८९ करोड ५० लाखबाट बढेर रु २ अर्ब ३३ करोड १५ लाख पुगेको छ, जसले नाफामा दबाब परेको छ। यद्यपि, ब्याज आम्दानी ५ अर्ब ७८ करोडबाट बढेर ६ अर्ब ६६ करोड पुगेको छ।

    बैंकको चुक्ता पूँजी रु १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रहेको छ भने जगेडा कोषमा रु १० अर्ब ८० करोड ८३ लाख जम्मा रहेको छ। प्रतिसेयर आम्दानी रु १५.३२ र प्रतिसेयर नेटवर्थ रु १६४.६३ रहेको प्राइम बैंकको वितरणयोग्य नाफा रु १ अर्ब ७३ करोड छ, जसबाट १०.५७ प्रतिशत लाभांश वितरण गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij