Logo

Mar 20 2025 | २०८१, चैत ७गते

Mar 20 2025 | २०८१, चैत ७गते

images

चेक अनादरमा चेकमा लेखिएको रकमको पाँच प्रतिशत जरिवाना लाग्ने प्रावधान ल्याइँदै

चेक अनादरमा चेकमा लेखिएको रकमको पाँच प्रतिशत जरिवाना लाग्ने प्रावधान ल्याइँदै

  • काठमाडौँ । चेक अनादरमा चेक लेखिएको रकमको पाँच प्रतिशत  जरिवाना लाग्ने प्रावधान ल्याउन लागिएको छ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा  चेक अनादरको विषय अदालती प्रक्रियामा जाँदा चेकमा उल्लेख गरिएको रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति गरेको छ ।

    राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले सो जानकारी दिएकी हुन् । कसैले खातामा रकम नभएको चेक दिएको छ भने ४५ दिनभित्र फछ्र्योट गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको जनाइन् ।

     उनका अनुसार यदि पैसा नतिर्ने अवस्था भयो ४५ दिनसम्म र समन्वय र सहकार्य पनि हुन सकेन भने अदालती प्रक्रियामा जाने हो ।  तोकिएको रकमको केही जरिवानाको प्रतिशत पनि राखिएको छ । अर्को सम्बन्धित व्यक्तिले लिनुपर्ने रकमको केही ब्याजको कुरा पनि गरेको छ र जरिवाना चाहिँ पाँच प्रतिशत राखेर जानुपर्छ ।

    उक्त मितिमा फछ्र्योट नभएको अवस्थामा दुवै पक्षबीच समन्वय र मध्यस्त गर्दा पनि रकम पाउने अवस्था नभए देवानी संहिता अन्तर्गत अदालती प्रक्रियामा लान सकिने व्यवस्था विधेयकमा गरिएको छ ।

    कुनै व्यक्तिले आफ्नो खातामा पैसा नहुँदा जानीजानी उसले कसैलाई चेक दिन्छ र त्यो चेकको भुक्तानी  हुँदैन भने यसलाई कानूनी कारबाहीमा लाने कुरा छ । ४५ दिनको समयभित्र चेक लिने र दिने दुवैको बीचमा समन्वय भयो र चेकमा उल्लेख रकम पायो भने मध्यस्तता गर्ने प्रावधान विधेयकमा समावेश गरिएको छ । यो विधेयकलाई खासगरी देवानी संहिताअन्तर्गत राखिन्छ । 

    सभापति दाहालले विधेयकमा आफ्नो खातामा रकम नभएको थाहा भएर पनि कसैले रकम उल्लेख गरेर दोस्रो पक्षलाई चेक काट्छ भने त्यो ठगीको रुपमा लिनुपर्ने व्यवस्था गरिएको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij