Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

राष्ट्र बैंकद्वारा नेपाली नोट छाप्न ६ देशका ६ कम्पनी योग्य ठहर

राष्ट्र बैंकद्वारा नेपाली नोट छाप्न ६ देशका ६ कम्पनी योग्य ठहर

  • काठमाडौं । नेपाली नोट छाप्न ६ देशका ६ कम्पनी योग्य ठहर गरिएका छन् ।  नेपाल राष्ट्र बैंकले नोट छपाइको खरिद सेवाको लागि पूर्वयोग्यताको आवेदनहरू मध्ये ६ देशका ६ कम्पनी योग्य देखिएको जनाएको हो । नेपाली नोट छपाइको लागि चीन, बेलायत, जर्मनी, रुस, फ्रान्स र पोल्याण्डसहित ६ देशका कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जानकारी सार्वजनिक गरेको छ । नेपाली नोट छपाईको केन्द्रीय बैंकले १० जनावरी २०२५ मा पूर्व योग्यता परीक्षणका लागि आवेदन आह्वान गरेको थियो । नोटको डिजाइन, प्रिन्टिङ सप्लाई र डेलिभरीको लागि खरिद प्रस्ताव आह्वान गरेकोमा आवेदन दिएकामध्ये ६ कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले तोकेको पूर्व योग्यता पुरा गरेका ६ कम्पनीले राष्ट्र बैंकले नोट छपाईका लागि खरिद प्रस्ताव आह्वान गर्दा प्रतिस्पर्धा गर्न पाउनेछन् । ती मध्ये एक कम्पनीले राष्ट्र बैंकले खरिद प्रस्ताव आह्वान गर्दा नोट छपाईको जिम्मेवारी पाउनेछन् । आवेदन दिएकामध्ये नोट छपाईको लागि राष्ट्र बैंकले तोकेको पुर्व योग्यता पुरा गर्ने कम्पनीमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलिस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् । आगामी चरणको लागि यी ६ कम्पनीहरु मात्रै नेपाली नोट छपाई लागि योग्य हुने जनाइएको छ ।

    Bank-Note.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij