Logo

Mar 20 2025 | २०८१, चैत ७गते

Mar 20 2025 | २०८१, चैत ७गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा  माग भन्दा ८.५८ गुणा बढी आवेदन

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा  माग भन्दा ८.५८ गुणा बढी आवेदन

  • काठमाडौं ।  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ बरबरको आवेदन परेको छ । दोस्रो दिन अर्थात् बुधबारसम्ममा १० लाख ३४ हजार १५६ जना सर्वसाधारण आवेदकहरुले १ करोड २६ लाख ६८ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ८.५८ गुणा बढी हो ।

    ओम मेगाश्री फर्मास्युटिकल्सले मंगलबारदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij