Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

तिहारमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी

तिहारमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी

  • काठमाडौँ । तिहारमा लोडसेडिङ नहुने ढुक्कसँग जति मनलागे बत्ती बालेर तिहार मनाउन सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।तिहारमा लोडसेडिङले उज्यालोको पर्वमा खल्लो नपार्ने विश्वास समेत प्राधिकरणले दिलाएको हो ।

    प्राधिकरणका प्रवक्ता राजन ढकालले जनाए  अनुसार पहिले–पहिले तिहारमा लक्ष्मी पूजाको दिन अधिकतम लोड हुने गरेको आम बुझाइ   थियो । तर तिहारमा उद्योगधन्दा बन्द हुने र कामदारहरू घर जाने भएकाले औद्योगिक क्षेत्रको विद्युत खपत घट्ने गरेको थियो ।

    घरायसी खपत केही बढे पनि समग्र प्रणालीमा भने लोड कम हुने प्रवक्ता ढकाल बताउँछन् । अहिले अधिकतम लोड भदौ महिनामा र काठमाडौं उपत्यकामा भने माघ, मंसिर र पुस महिनामा हुने गरेको छ । जहाँ ५५० देखि ६०० मेगावाटसम्मको लोड पुग्ने गरेको छ । जाडो बढेसँगै विद्युतको खपत पनि बढ्ने र गर्मी कम हुनेहुँदा मनसुनजन्य समस्या कम हुने गरेको छ ।

    उपभोक्ताको घरमा विद्युत आपूर्ति नरोकिने गरी विशेषगरी लाइनमा कुनै फल्ट नहोस् र विद्युत आपूर्तिमा समस्या नआउन दिन कर्मचारीलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ ।विद्युत प्रणालीलाई अझ विश्वसनीय बनाउन नयाँ लाइन विस्तार, सबस्टेसनको स्तरोन्नति र पूर्वाधार थप्ने कामहरू निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । यसले दीर्घकालमा विद्युत आपूर्तिलाई अझ भरपर्दो बनाउने विश्वास छ ।

    विगतका वर्षहरुमा तिहार तथा लक्ष्मी पूजाको दिन अधिकतम् १६ सय मेगावाट विद्युत खपत हुने गरेको थियो । यस वर्ष पनि सोही हाराहारीमा खपत हुने प्राधिकरणको अनुमान छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij