
काठमाडौँ । आज शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सबै रेकर्ड तोड्दै सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन ।यसैगरी बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij