
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज आइतबार चैत ३ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङका अनुसार यस कम्पनीको आइपीओमा शुक्रबार साँझ ५ः०७ बजेसम्ममा १६ लाख १८ हजार ९७८ जना सर्वसाधारण आवेदकहरुले १ करोड ९६ लाखभन्दा बढी कित्ताका लागि आवेदन दिइसकेका छन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij