
काठमाडौँ । आज नेप्से परिसूचकमा २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा आएको छ । आज ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।यस दिन ३ सय १६ कम्पनीको १ करोड ३९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र घलेम्दी हाइड्रोपावर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij