Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ मंगलबार बाँडफाँट हुने

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ मंगलबार बाँडफाँट हुने

  •  

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओको बाँडफाँट आगामी मंगलबार (चैत ५ गते) हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार, आइपीओ बाँडफाँट प्रक्रिया बिहान ८स्३० बजे क्रेष्ट माइक्रोको कार्यालय लाजिम्पाट, काठमाडौंमा तय गरिएको छ।

    यस आइपीओमा अत्यधिक आवेदन परेको छ, जसले गर्दा भाग्यको भर पर्ने स्थिति सिर्जना भएको छ। मागको तुलना गर्दा १३।२७ गुणा बढी आवेदन प्राप्त भएको छ। कुल २० लाख ४८ हजार ५३८ जनाले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्। यसमा केवल १ लाख ८४ हजार ५०० भाग्यशालीले सेयर प्राप्त गर्नेछन्, जबकि १८ लाख ६४ हजार ३८ जनाको हात भने खाली रहनेछ।

    यो प्रक्रिया गोलाप्रथाबाट हुनेछ, जसमा आवेदकहरूको सन्तुलन कायम राख्न र थप निष्पक्षता सुनिश्चित गर्न प्रयास गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij