
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ) भन्दा सबै बैंकहरूको अवस्था त्यो भन्दा घटी रहेको छ । अधिकतम सीडी रेसियोको प्रतिशत ८५.६५ र न्यूनतम ६३.८६ प्रतिशत रहेको छ । सबै वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७९.२९ रहेको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ ।
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने सीमा तोकेको छ ।कतिपय विज्ञहरूले सीडी रेसियोको आदर्श अवस्था ६५ देखि ७५ प्रतिशतमा हुनुपर्ने बताउने गरेका छन् । यो भने फरक फरक हुने गर्छ । यसमा बैंकको आकार, जोखिम बहन गर्ने अवस्था र आर्थिक वातावरणको अवस्थाले प्रभाव पार्ने गर्छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सीडी रेसिया भन्दा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घट्दै गएको देखिएको हो ।नेपाल राष्ट्र बैंकको आधारमा कुनै पनि बैंकको सीडी रेसियो प्रतिशत रहेको पाइँदैन् । अंकहरूको शून्यात विधि अपनाउँदा पनि एक बैंकको अवस्थालाई राष्ट्र बैंकको सीमासँग तालमेल भएको मान्न सकिन्छ । त्यो भनेको माछापुच्छ«े बैंक हो । माछापुच्छ«े बैंकको सर्वाधिक ८५.६५ हो । पाँच भन्दा माथि र पाँच भन्दा मुनिको हिसाब लगाएर यो आधारमा स्तरोन्नति गर्दा त्यसको न्यूनतम बिन्दुमा ९० पु¥याउन सकिने छ । बाँकी सबै ८५ मुनि रहेका छन् ।
विज्ञहरूले आदर्श अवस्था भनेको सीमांकनलाई हेर्दा तीन वटा मात्र बैंकहरूको सीडी रेसियो रहेका छन् । ती मध्ये प्रमु, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । उनीहरूको सीडी रेसियो क्रमशः ७४.९७,७२.७८ र ६८.४८ प्रतिशत रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६३.८६ प्रतिशत बाहेक सबै बैंकको ७५ प्रतिशत भन्दा माथि रहेको अवस्था छ ।
नेपाल एसबिआईको ७६.०७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ७६.७६ प्रतिशत कायम भएको छ ।यस्तै, कृषि विकासको ७६.९९ प्रतिशत, ग्लोबल आइएमईको ७७.९५ प्रतिशत, सानिमाको ८०.६५ प्रतिशत र लक्ष्मी सनराइजको ८१.०५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।
यस्तै, हिमालयनको ८२.२० प्रतिशत, नबिलको ८२.५८ प्रतिशत, कुमारीको ८२.५८ प्रतिशत, एनएमबिको ८३.३३ प्रतिशत, एभरेष्टको ८३.५२ प्रतिशत, एनआईसी एसियाको ८३.६१ प्रतिशत, सिद्धार्थको ८३.६५ प्रतिशत, सिटिजन्सको ८४.३२ प्रतिशत, प्राइम कमर्सियलको ८४.९९ प्रतिशत र माछापुच्छ्रेको ८५.६५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनुपर्ने भन्नुको अर्थ बैंकले १०० रुपैयाँ निक्षेप संकलन ग¥यो भने त्यसको ९० रुपैयाँमात्रै लगानी गर्न पाउने अवस्था हो । अहिले बैंकको सीडी रेसियो न्यूनतम ६३ प्रतिशत हुँदा बैंकले १०० रुपैयाँ निक्षेप संकलन गरेकोमा त्यसको ६३ रुपैयाँमात्रै लगानी गरेको छ भन्ने बुझ्नुपर्छ ।
यसले तरलता पर्याप्त भएपनि कर्जा प्रवाह हुन नसकेको अवस्था दर्शाउँछ । फागुनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कुल ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij