Logo

Jun 28 2025 | २०८२, असार १४गते

Jun 28 2025 | २०८२, असार १४गते

images

बर्ली एयर कूलर नेपालमा सार्वजनिक

बर्ली एयर कूलर नेपालमा सार्वजनिक

  • काठमाडौं, नेपाल ।  भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (OEM) बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। यो भव्य कार्यक्रम १७ मार्च २०२५, सोमबारका दिन काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए। 

    3m.jpg

     

    कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्मा द्वारा गरियो। कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे। 

    burly3.jpg

    बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन्। बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ। यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुऱ्याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ। 

    2m.jpg

    यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई झल्काउने गरी भव्य रूपमा सम्पन्न भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij