Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

चालु आवको पहिलो तीन महिनामा बेबिज मिल्कको आयातमा कमी

चालु आवको पहिलो तीन महिनामा बेबिज मिल्कको आयातमा कमी

  • काठमाडौँ ।शिशु दुध आहार(बेबिज मिल्क)को आयातमा कमी देखिएको छ । चालु आवको पहिलो तीन महिनामा बेबिज मिल्कको आयातमा कमी आएको हो ।बेबिज मिल्कको आयात चालु आव २०८२/८३मा १८ हजार केजी भन्दा बढीले कम भएको देखिएको छ ।

    गत आव २०८१/८२मा भारत ७९३९७ केजी आयात भएको थियो । यसको आयात मूल्य ११ करोड २२ लाख ६४ हजार निर्धारण गरिएको थियो । निर्धारित मूल्यको आधारमा सो परिमाणको आधारमा आयात राजस्व ४ करोड २७ लाख ७४ हजार संकलन गरिएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    चालु आवमा बेबिज मिल्कको आयात ६१ हजार ९सय ४९ केजी आयात गरिएको हो । पहिलो तीनमा आयात गरिएको सो परिमाणको बेबिज मिल्कको आयात मूल्य ९ करोड ९३ लाख ६८ हजार निर्धार गरिएको छ । जसबाट आयात राजस्व ३ करोड ५३ लाख ७६ हजार संकलन भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij