Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

  • काठमाडौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको आईपीओ मंगलबार  बाँडफाँट भएको छ । आईपीओ विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री खुलाएको थियो । जसमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए ।

    आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । त्यस्तै १० हजार १२६ जनाको आवेदन रद्द भएको छ ।

    लगानीकर्ताले आईपीओको नतिजा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट नतिजा हेर्न सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij