Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

हतियार देखाएर लुटपाटमा संलग्न फरार आरोपित पक्राउ

हतियार देखाएर लुटपाटमा संलग्न फरार आरोपित पक्राउ

  • काठमाडौँ । प्रहरीले १० वर्षदेखि चोरी गर्दै आएको आरोपित एक व्यक्तिलाई पक्राउ  गरेको छ ।पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई ललितपुर महानगरपालिका–१३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने हुन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार दिउँसो भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।यसअघि लामो समयदेखि प्रहरीको खोजीमा रहे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

    अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित शाखा कार्यालय जावलाखेलको टोलीले धापाखेलबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

    यसअघि उनीविरुद्ध दुई वटा मुद्दा चलेको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिएको प्रहरीले बताएको छ । त्यसपछि पनि चोरीका घटनामा उनको नाम मुछिए पनि उनी फरार रहँदै  आएका थिए ।

    प्रहरीले चामा चरेसका विभिन्न ३४ थान भाडा बरामद गरेको छ । डिजिटल क्यामेरा ३ थान, फलामको खुकुरी, खुँडा, बन्चरो, चक्कुलगायत १३ थान हतियार बरामद गरिएको जनाइएको छ ।

    विभिन्न ब्राण्डका ९ थान मोबाइल, एप्पलको आइप्याड एक थान, १५ थान घडी, १८ हजार नेपाली रुपैयाँ, पुराना सिक्काहरु, एक÷एक थान मोटरसाइकल र स्कुटर, विभिन्न देशका १६ थान नोट, सुन चाँदीका गरगहनाहरु र बुद्धको मूर्ति १ थान बरामद भएको प्रहरीले जनाएको छ ।हतियार देखाएर चोरीदेखि लुटपाटका  वारदातमा उनी संलग्न रहदै आएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij