Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँः प्रधानमन्त्री ओली

समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँः प्रधानमन्त्री ओली

  •  

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा उहाँले इपिजीे प्रतिवेदन दुवै देशको समझदारी र सहमतिमा बुझ्ने बताउनुभएको हो । 

     

    सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको पनि जानकारी दिनुभयो । उहाँले अन्य सन्दर्भमा कूटनीतिक पहल भइरहेका बताउनुभयो । 

     

    प्रधानमन्त्री ओलीले इपिजी समूहले नै सुरुमा भारतका प्रधानमन्त्रीलाई र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समझदारी भएको जानकारी दिनुभयो । समझदारीबाट नै समाधान खोजिने भन्दै उहाँले त्यसले औँल्याउने समस्या एकतर्फले बुझेर र एकतर्फ मात्र कार्यान्वयन गरेर नहुने विषय भएको बताउनुभयो । “समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर हामी लाग्नेछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।   

     

    नेपालको चुच्चे नक्साको विषयमा जवाफ दिँदै उहाँले इस्वी संवत् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताउनुभयो । “विसं २०१७ अघिसम्म देशको नक्सा अहिलेकै जस्तो थियो, त्यसपछि फेरियो । २०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत संविधानको अनुसूची ३ मा रहेको नेपालको निशानाछाप अद्यावधिक गरियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij