Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

विश्वकप छनोटको तयारीः नेपालले भारतको प्रान्तीय टिमसँग खेल्ने

विश्वकप छनोटको तयारीः नेपालले भारतको प्रान्तीय टिमसँग खेल्ने

  •  
    काठमाडौँ । आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ ।
     
    नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन खेलको शृङ्खला खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार शृङ्खला यही चैत १२ देखि १६ गतेसम्म वीरगन्जस्थित नारायणी क्रिकेट रङ्गशालमा हुनेछ । 
     
    पहिलो खेल चैत १२ गते हुने छभने दोस्रो खेल चैत १४ गते हुनेछ । त्यस्तै तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ । यु–१९ विश्वकप एसिया छनोट यही चैत ३० गतेदेखि काठमाडौँमा हुने तय भएको प्रवक्ता लामाले बताउनुभयो । उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब  इमिरेट्स (युएई) सहभागी छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij