Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

गुणस्तरीय र अत्याधुनिक टायल्स "सिम्पोलो"ले नेपालमा आक्रामक बजार विस्तार गर्दै,पेप्सीकोला रोडमा खुल्यो सिम्पोलोको अर्को शोरुम, यस्तो छ सिम्पोलोको इतिहास

गुणस्तरीय र अत्याधुनिक टायल्स "सिम्पोलो"ले नेपालमा आक्रामक बजार विस्तार गर्दै,पेप्सीकोला रोडमा खुल्यो सिम्पोलोको अर्को शोरुम, यस्तो छ सिम्पोलोको इतिहास

  • काठमाडौँ । विश्वका ४५ पैँतालीस भन्दा बढी देशहरूमा  प्रख्यात भारतीय टायल्स कम्पनी सिम्पोलोले नेपालमा पनि  आक्रामक  बजार विस्तार गर्दै छ ।  आक्रामक बजार विस्तारको योजनासहित सिम्पोलोले काठमाडौँमा  मार्बलहरूको हब भनेर चिनिने पेप्सीकोला रोडमा  सिम्पोलोको अत्याधुनिक शोरुम संचालन गरिएको छ ।
     काठमाडौँको पेप्सीकोला रोडमा स्क्वायर फिट स्टोर प्रालि मार्फत् अब काठमाडौँ भरि सिम्पोलो ब्रान्डका अत्याधुनिक टायल्स र बाथवेयर बिक्री वितरण हुने सिम्पोलोका  जनरल म्यानेजर रणजीत सिन्हाले नयाँ सडकलाई बताए । विगतमा जेजे मार्बल हाउस मार्फत् सिम्पोलो ब्रान्डका उत्पादनहरू बिक्री वितरण हुँदै आएकोमा अब स्क्वायर फिट स्टोर प्रालि मार्फत् पनि सिम्पोलो ब्रान्डका अत्याधुनिक  टायल्स तथा बाथवेयरहरू  थोक र खुद्रा मूल्यमा बिक्री वितरण गरिने  जनरल म्यानेजर सिन्हाले बताए ।

    अत्याधुनिक, नेचुरल डिजाईन  तथा गुणस्तरीय टायल्सको रुपमा चिनिने सिम्पोलो ब्रान्डका टायलमा  २ बाइ २देखि ४ बाइ १० फिटसम्मका स्ल्याबहरू रहेका छन् । आकर्षक , नेचुरल डिजाईनमा  तथा गुणस्तरीय टायल्सको पहिचान बनाएको सिम्पोलो टायल्स इटालियन प्रविधिबाट भारतमा उत्पादन हुँदै आएको  छ ।
    प्रिमियम मूल्यमा पाइने सिम्पोलोका टायल्सहरू विभिन्न रङ्ग र विभिन्न डिजाइनमा  उपलब्ध छन् ।
    सिम्पोलोले केही वर्ष अगाडि विश्वमा अलास्का ह्वाइट गुणस्तरीय टायल उत्पादन गरेकोमा  गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अवार्डेड समेत भइसकेको जनरल म्यानेजर सिन्हाले बताए । 
    विगत केही वर्षयता देखि  काठमाडौँ र विराटनगरमा डिलर मार्फत सिम्पोलो ब्रान्डका टायल्स तथा बाथवेयर बिक्री वितरण गर्दै आएको सिम्पोलोको नेपालमा  यो अध्याधुनिक शोरुम हो सिन्हो भने । 

    simalo1.jpg
    प्रिमियम टायल उत्पादनमा भारत भर नम्बर १ रहेको सिम्पोलो टायल्स पूर्णरूपमा इटालियन प्रविधिबाट उत्पादन गरिँदै आएको छ । इटालीमा समेत कार्यालय रहेको सिम्पोलोले  अझै उत्पादन क्षमता विस्तार र बजार विस्तार गर्ने जनरल म्यानेजर सिन्हाले बताए ।
    आफ्ना उत्पादनहरू अत्यन्तै क्वालिटी र डिजाइनमा  आउने हुनाले कसैसँग कम्पिटिशन नभएको पनि सिन्हाले दोह¥याए । नेपालमा आक्रामक व्यापार विस्तारमा लागेको सिम्पोलोले काठमाडौँमा दुई आउटलेट जेजे मार्बल हाउस  सामाखुशी र स्क्वायर फिट स्टोर प्रालि पेप्सीकोला रोड मार्फत् थोक र खुद्रा बिक्री वितरण गर्दै छ भने छिट्टै काठमाडौँमा अर्को आउटलेट सञ्चालनमा ल्याइने पनि सिन्हाले नयाँ सडकलाई बताए । काठमाडौँ लगायत नेपालका मुख्य शहरहरूमा बिगर साइजका गुणस्तरीय र अत्याधुनिक टायल्सको माग बढ्दै गएकोले  अन्य शहरहरू बुटवल , वीरगञ्ज, नारायणघाटलगायतका शहरहरूमा पनि आउटलेट सञ्चालन गरिने सिन्हाले बताए । विराटनगरमा भवानी रिटेलमार्फत् सिम्पोलोका टायल्स तथा बाथवेयरहरू यसअघि देखि नै  बिक्री वितरण हुँदै आएको जनरल म्यानेजर सिन्हाले बताए ।
    नेपालमा यसअघि वार्षिक  झण्डै २०÷२५ करोड रुपैयाँ बराबरको सिम्पोलो ब्रान्डका टायल तथा बाथवेयरहरूको कारोबार हुँदै आएकोमा यसलाई विस्तार गरिने पनि सिन्हाले बताए ।

    यस्तो छ सिम्पोलो टायल्सको इतिहास:
    सन् १९७७मा सिम्पोलोले छाना छाउने रातो खपडा बनाउनबाट धन्दाको सुरुवात गरेको थियो । सन् १९९१मा कम्पनीले सरसफाइसँग सम्बन्धी वस्तु स्नेटरीकाका उत्पादन गर्न  सुरु गरेको थियो । यसले यसका लागि चारसय बढी उत्पादन केन्द्र सञ्चालन गरेको थियो । कम्पनीले १९९५मा उत्पादन केन्द्रको ठाउँ प्रतिदिन एक हजार वर्ग मिटरसम्म विस्तार गरेको जनाएको छ । सन् २००३मा एक हजार एकाइ उत्पादन गर्ने क्षमताको दैनिक एक हजार टेबल टप बेसिन उत्पादन गर्ने कारखानाको स्थापना ग¥यो । सन् २००५मा हस्तकलायुक्त  बेसिन बाउलको उत्पादन भारतमा पहिलो पटक सुरु गरेको कम्पनीले जनाएको छ। आफ्नो उत्पादनमा कम्पनीले सबैभन्दा सेतो अलास्का ह्वाइटको उपयोग सन् २००९मा सुरु गरेको थियो। ढोका बाहिरका सतह वा आउटडोर फ्लोर्समा भारतको सर्वाधिक बलियो टायलको रूपमा रकडेकको प्रयोग सन् २०१३देखि सुरु गरेको थियो । सन् २०१४मा कम्पनीले इटालियन कम्पनी नेक्सिन इन्टरनेशनलसँग  मिलेर कारखाना सञ्चालन गरेको थियो । सन् २०१५मा ठूला आकारमा एससीएस मार्बलका  टायल स्ल्याब उत्पादन आफ्ना उपभोक्ता माझ लिएर आयो । सन् २०१९मा कन्टिन्यू प्लस टेक्नोलजिको उपयोग कम्पनीले सुरु ग¥यो । यो टेक्नोलजि भारतमा आफ्नो किसिमको पहिलो रहेको कम्पनीले जनाएको छ । सन् २०२०मा आईएम प्लस टेक्नोलजिलाई पेटेन्टेड टेक्नोलजिको रूपमा कम्पनीले लिएर आएको थियो । कम्पनीले एनएबीएल प्रमाणपत्र सहितको भारतमा पहिलो क्वालिटी अस्योरेन्स ल्याबको स्थापना सन् २०२१मा  ग¥यो । सन्२०२२मा  सिम्पोलोले  गुजरात टाइटन्ससँग मिलेर आइपीएलमा साझेदारी ग¥यो । सन्२०२३मा भारतमा सयौँ  सिम्पोलो एक्सलुसिभ शो रुमको स्थापना ग¥यो ।
    यी समग्र वर्षमा गरी अहिलेसम्म कम्पनीसँग ८ भन्दा बढी प्रोडक्शन लाइन, १५०० बढी डिलर, २५०० बढी कामदार डेढसय बढी एक्सलुसिभ शोरुम रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij