Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

किन दिइयो विदेशी पुनर्बीमा ब्रोकरहरूलाई नेपालमा कार्यालय राख्न आदेश ?

किन दिइयो विदेशी पुनर्बीमा ब्रोकरहरूलाई नेपालमा कार्यालय राख्न आदेश ?

  • काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा ब्रोकरहरूलाई कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।इजाजत पत्र  प्राप्त विदेशी पुनर्बीमा ब्रोकरहरूले  प्राधिकरणको निर्देशनलाई अटेर गरेको देखिएपछि नेपालमा कार्यालय खोल्न आदेश दिइएको हो ।

    प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा ब्रोकरहरूलाई ३ महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।

    निर्देशिकामा व्यवस्था गरिए अनुसार प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा ब्रोकरले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था  छ । 
    निर्देशिका कार्यान्वयनमा आएको एक वर्ष भइसकेके छ । तर अहिलेसम्म ब्रोकरले निर्देशिकाको उक्त व्यवस्था पालना नगरेको पाइएपछि प्राधिकरणले  यस्तो निर्देशन दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij