
सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख गाउँपालिका–३ फलाटे नजिकै गतियानामा सोमबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो ।
जिलला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरिएको र सबैको शारदा नगरपालिका–१ श्रीनगर स्थित शारदा पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनका अनुसार ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुबाहक जीप सडकमै पल्टिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij