Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट सम्पन्न, १ लाख ४७ हजार ६०० आवेदकलाई सेयर वितरण

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट सम्पन्न, १ लाख ४७ हजार ६०० आवेदकलाई सेयर वितरण

  •  

    काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ)आज मंगलबार (चैत १२ गते) बाँडफाँट भएको छ। यस आइपीओमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामा १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

    बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार, यस आईपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए, जसमा २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो।

    ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ देखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। रेटिङ एजेन्सी केर रेटिङ नेपालले कम्पनीको आइपीओलाई ुकेयर एनपी बी माइनस रेटिङु प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ।

    आइपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटमा हेर्न सकिन्छ। यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउर मा पनि नतिजा हेर्न सकिन्छ, साथै मेरोसेयर एपमार्फत पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij