काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाले यस अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड ७० लाख रुपैयाँ नाफाको तुलनामा १९.६३ प्रतिशत वृद्धि हो।
लघुवित्तको नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा ३१.२३ प्रतिशतले भएको वृद्धिका कारण सम्भव भएको हो। यससँगै सञ्चालन मुनाफा १९.४५ प्रतिशतले र कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशतले बढेको देखिन्छ। हाल संस्थाको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, यस त्रैमासमा कालिका लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) १ रुपैयाँ ६९ पैसाले बढेर १९ रुपैयाँ ९६ पैसा पुगेको छ। सो अवधिसम्ममा प्रतिशेयर नेटवर्थ (Net Worth per Share) १९१ रुपैयाँ ५१ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ५० गुणा कायम भएको छ, जसले संस्थाको वित्तीय स्थिति सुदृढ दिशामा उन्मुख भएको संकेत गर्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij