Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

नेपाल राष्ट्र बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

  •  

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले ४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको रूपमा लगानी गर्ने निर्णय गरेको छ। उक्त रकमलाई विभिन्न कोषहरूबाट मुद्दती निक्षेपको रूपमा राख्नका लागि बैंकहरूबाट प्रस्ताव माग गरिएको छ। यस रकममध्ये ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ वाणिज्य बैंकहरू, ६७ करोड ९७ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरू, र २२ करोड ६५ लाख रुपैयाँ वित्त कम्पनीहरूमा निक्षेपका रूपमा राखिने बताइएको छ।

    यो निक्षेप २०२५ को अप्रिल १५ गतेदेखि २०२६ को अप्रिल १५ सम्मको ३६६ दिनको अवधिका लागि राखिने छ। बैंक र वित्तीय संस्थाले इच्छाएको रकम र ब्याज दरसहित आफ्नो प्रस्ताव चैत १४ गते राति १२ बजेभित्र राष्ट्र बैंकमा बुझाउनुपर्नेछ।

    निक्षेप राख्नका लागि राष्ट्र बैंकले केही शर्तहरू तय गरेको छ, जसमा बैंक तथा वित्तीय संस्था कम्तिमा २ वर्ष पुरा भएको, न्यूनतम पुँजी कोषको कायम राख्नु, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको अवस्था हुनु आवश्यक रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij