
काठमाडौँ । सबै मुख्यमन्त्री र प्रदेश प्रमुाखहरू विरुघ दोहोरो सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरू विरुद्ध अधिवक्ता चन्द्रप्रकाश भुसालले उक्त रिट दर्ता गरेका हुन् ।ललितपुर भैसेपाटीमा रहेको आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने माग गरी अधिवक्ता भुसालले रिटमा जिकिर लिएका छन् ।भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण भएको छ।
उक्त आवासमा ७ वटा भवनमा १४ वटा ब्लक छन्। आवासक्षेत्र निर्माण गर्न रु ८५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ। आवासमा प्रदेश प्रमुखको निवास र मुख्यमन्त्रीका निवास छन् । उनीहरु काठमाडौं आउदा त्यही निवासको प्रयोग गर्छन ।
प्रदेश प्रमुखको लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब रु। २–३ लाख सम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब रु ३–४ लाख सम्म हुनसक्ने भन्दै रिट निवेदनमा अधिवक्ता भुसालले राज्यकोषमा भार पारेकाले उक्त सुविधा खारेज गर्न मागदाबीसहितको जिकिर लिएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij