
काठमाडौँ । आज नेप्से परिसूचकमा ४०.४७ अंकले बढेर २६२३.२१ बिन्दुमा आएको छ । । आज ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।
यस दिन ३ सय १७ कम्पनीको ९१ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij