Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन

राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन

  •  

    काठमाडौँ ।  पन्ध्र मिनेटका लागि स्थगन भएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ । संसद् सचिवालयले सूचना जारी गरी राष्ट्रियसभाको बैठक आजै ३ः४५ मा बस्ने जनाएको हो । 

     

    दिउँसो १ः१५ मा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगन गरिएको थियो । १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम आजै अपराह्न ३ः४५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाद्वारा प्रकाशित सूचनामा जनाइएको छ । 

     

    प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० लगायतका पक्षपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij