Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने ११ जना भारतीय नागरिक पक्राउ

क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने ११ जना भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबार गर्ने गिरोहका ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार रहेका छन्  ।

    अनलाइन जुवा (सट्टाबाजी) खेल्ने÷खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई  बूढानीलकण्ठ नगरपालिका–३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।घर भाडामा लिएर अनलाइन जुवा खेलिरहेको अवस्थामा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनीहरूले २ अर्ब रुपैयाँ भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने÷खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।पक्राउ परेका ११ जनालाई काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल, ५ थान ल्याप्टप, हिसाबकिताब अभिलेख राखिएको ४ थान नोट बुक, १४ थान भारतीय बैंक खाता चेक बुक, २७ थान भारतीय एटीएम कार्ड र ४० थान भारतीय सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij