
काठमाडौँ । अमेरिकाले चलाएको व्यापार युद्धबाट नेपाली अर्थतन्त्रका लागि हुने अवसरका लागि बजेटमा स्थान बनाउनुपर्ने आवश्यकता रहेको छ ।नेपाली अर्थतन्त्रको सम्बन्ध भारत र चीनसँग मुख्यरूपले निर्भर रहेको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त भन्सार महशुल(ट्यारिफ) थोपर्ने भनेर विश्वका देशहरूलाई चेतावनी दिएका छन् । त्यसको कार्यान्वयन अप्रिल २ देखि हुने भनिएको छ ।
ट्रम्पले भने बमोजिमको व्यापार युद्ध बढाइए नेपालका दुवै छिमेकी प्रभावित हुने छन् । तिनका असरबाट उत्पन्न परिस्थितिमा नेपालले अवसर खोज्नु पर्ने हुन्छ । यी दुई देशको अवस्था विश्व बजारमा आपूति शृंखला ( सप्लाइ चेन)को रहेको र रहन खोजिएको जस्तो छ । चीनको तुलनामा भारतलाई चीनको अवस्थामा पुग्न निसन्देह एक दशक लाग्ने विज्ञहरूको भनाइ छ ।तर पनि भारतले यसलाई लिन खोजेमा वा खोज्नुपर्ने बाध्यता आएमा नेपाली अर्थतन्त्रको अवसर खोज्नुपर्ने पर्यवेक्षण गरिएको छ ।
अमेरिकाको सबै भन्दा ठुला व्यापारिक साझेदारमा अहिले मेक्सिको, क्यानाडा र चीन रहेका छन् । भारतको स्थान १०औँमा रहेको छ ।मेक्सिको , क्यानडा र चीनले अमेरिकालाई जस्ताको तस्तै (रेसिपोर्कल) ट्यारिफ लगाउने घोषणा गरिसकेका छन् । भारतले यस्ता विषयमा स्पष्ट खुलाइरहेको छैन् ।
ट्रम्पले भारतमाथि ट्यारिफ लगाउने घोषणा गरेपछि ५ मार्चमा भारतीय व्यापार मन्त्री पियुष गोयल अमेरिकाका पुगेका थिए ।८ तारिखसम्म त्यहाँ बसेर फर्केका गोयलले केही खासै उल्लेख गरेका थिएनन् । सोही बेला अमेरिकी व्यापारमन्त्रीले भारतलाई अमेरिकासँगको व्यापारसम्बन्ध नबढाउन सम्म भनेका थिए । त्यसपछि भारतका व्यापार मन्त्री गोयल फेरि अमेरिका जाने समाचार सार्वजनिक भए ।
अप्रिल २बाट ट्यारिफ लगाउने भनिएको समय नजिकिँदै जाँदा मार्चको अन्तिम साता २४ मार्चदेखि भारतको भ्रमणमा अमेरिकी व्यापार प्रतिनिधिको एक टोली यस विषयमा छलफल गरिरहेको छ ।मेक्सिको र क्यानडासँग व्यापार युद्धको कुरो रहेको छैन् । अवैध आप्रवासन र फ्रेन्टियल ड्रग्सको समस्यालाई लिएर सजाय दिने उद्देश्यले ट्यारिफ लगाउने भनिएको छ ।ती दुवै देशहरूसँग फ्रि ट्रेड एग्रिमेन्ट भएका छन् । चीनसँगको व्यापार युद्धको अवस्था रहेको छ । यी तीन देशहरूसँग अमेरिकाको व्यापार डेड दुई ट्रिलियन अर्थात १५ ÷२० खर्ब अमेरिकी डलर बराबरको रहेको छ । ती देशहरूबाट निर्यात गरिने वस्तु अमेरिकामा महँगो हुने छ । यस्तोमा भारतले उनीहरू जस्तै ट्यारिफ बढाबढको गतिविधिमा नलाग्ने नीति लिएको देखिएको छ । भारतले निर्यात पाँच गुना अर्थात ५खर्ब अमेरिकी डलरसम्म पु¥याउने लक्ष्य लिएको छ । यसबाट उसले बढी विदेशी मुद्रा आर्जन गर्न सक्ने छ। लाभको परिमाणलाई बढाउने नीतिमा भारत गइरहेको छ । सस्तो श्रमको फाइदा उठाइ भारतले यस्तो नीति अपनाउन थालेको विश्लेषकहरूले बताउने गरेका छन् ।
अन्तर्र्राष्ट्रिय राजनीतिमा आउने उथलबाट नेपालले फाइदा लिने बाटो बनाउनु पर्ने देखिन्छ । यसका लागि लगानीकर्ताहरूलाई आकर्षण गर्न उत्पादन लागत कम हुने परियोजना सञ्चालन गनुपर्ने देखिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij