
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सहमति भएको छ । शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरु बीचको छलफलबाट यो सहमति जुटेको हो ।
यसअघि विपक्षी दलहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने अडान लिएपछि प्रतिनिधि सभा बैठक बस्न सकेको थिएन ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij