Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

पुँजी बढाउन ब्रोकर कम्पनीका लागि मर्जरसम्बन्धी सेबोनको निर्देशिका जारी

पुँजी बढाउन ब्रोकर कम्पनीका लागि मर्जरसम्बन्धी सेबोनको निर्देशिका जारी

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ब्रोकरको पुँजी वृद्धिका लागि मर्जरसम्बन्धी निर्देशिका जारी गरेको छ ।सेबोनले  निर्णय गरेको साढे दुई वर्षपछि मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेको हो । सेबोनले तोकिएको पुँजी कायम गर्न नसक्ने ब्रोकरलाई निर्देशिका बनाएर मर्जर तथा प्राप्तिको बाटो खुला गरिदिएको छ ।
    सेबोनले २०७९ मा धितोपत्र व्यवसायी वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेर ब्रोकरको पुँजी वृद्धि गर्ने निर्णय गरे अनुसार  २०८२ असारसम्म समय दिएको छ।

    तत्कालीन अध्यक्ष रमेशकुमार हमालले आफ्नै नीति विपरीत ब्रोकरको नयाँ लाइसेन्स बाँडेका थिए। उनले पुँजी वृद्धिको निर्णय कार्यान्वयनका लागि निर्देशिका ल्याएका थिएनन्। जसले गर्दा  नियमावलीले गरेको मर्जर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउन सकेको थिए ।

    पुँजी कायम गर्न नसक्ने ब्रोकरले तोकिएको समय सकिनु ६ महिनाअघि नै मर्जर तथा प्राप्तिका लागि सेबोनमा आवेदन दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ।तर, समय सकिन ३ महिना मात्रै बाँकी रहँदा सेबोनले पुँजी वृद्धिका लागि ब्रोकरलाई आफ्नो निर्देशिका जारी गरेको हो। 

    पुँजी कायम गर्न नसक्ने ब्रोकर कम्पनी सेबोनबाट सैद्धान्तिक सहमति लिएर मर्जरमा जान सक्ने छन्। त्यसपछि सेबोनले  कम्पनीको आवेदन हेरेर स्वीकृति दिने निर्देशिकामा जनाइएको छ। २० करोड पुँजी पु¥याउन नसक्ने ब्रोकरले मर्जर तथा प्राप्तिमा जानुपर्ने व्यवस्था धितोपत्र व्यवसायी नियमावलीमा उल्लेख छ। ब्रोकरहरुका अनुसार तीन दर्जन बढी  कम्पनीको न्यूनतम पुँजी पुगेको छैन। उनीहरुसँग आफैं पुँजी बढाउने वा मर्जरमा गएर तोकिएको पुँजी कायम गर्ने विकल्प छ।

    ब्रोकर कम्पनीलाई पुँजीका आधारमा तीन समूहमा विभाजन गरिएको छ। न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ। यस्ता ब्रोकरले सीमित कार्य मात्र गर्न पाउँछन्। ६० करोड पुँजी भएका ब्रोकरले मार्जिन ल्याण्डिङको कारोबार समेत गर्न पाउँनेछन्। त्यसबाहेक १ अर्ब ५० करोड रुपैयाँ पुँजी भएका ब्रोकरले स्टक डिलरको हैसियतमा  काम गर्न सक्ने व्यवस्था गरिएको छ।  अहिले दुईवटा स्टक डिलर सहित ब्रोकरको संख्या ९२ छ। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij