Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

चैतेदसैँका लागि त्रिशूली देवी मन्दिर खुला

चैतेदसैँका लागि त्रिशूली देवी मन्दिर खुला

  •  

    जलेश्वर । जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैतदसैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

     

    यो मन्दिर प्रत्येक वर्ष असोज र चैतदसैँका बेला दुईपटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि आजदेखि मन्दिर खुला गरिएको र दर्शनार्थीको भीड लागेको बताउनुभयो । 

     

    उक्त मन्दिरमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरु पुनःवर्षभरि माताको मन्दिर खुल्ने प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij