Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । 

    आज बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए । प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन् । 

    आज पनि अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरी दिउँसो चार बजेका लागि बोलाइएको थियो । चार बजेपनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको छ । 

    प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम(३)अनुसार सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij