
काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सोमबार बिहान ११ः१५ मा बस्नेगरी आजको बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ ।
आज बिहान ११ः१५ मिनेटमा बस्नेगरी निर्धारित बैठक तीन पटक सरेको थियो । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij