
काठमाडौं । नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबिचको खेल बराबरीमा टुङगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी टुङगिएको हो । यससँगै दुवै टोलिले समान एक एक अङ्क बाँडेका छन् । ।
प्रतियोगिताअन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij