
काठमाडौ।इस्लाम धर्मावलम्बीहरूको लागि सबैभन्दा पवित्र महिना रमजानको समाप्तिसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाइरहेका छन्। हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व विशेषत: प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उल्लासपूर्वक मनाइन्छ।
नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको यो महत्वपूर्ण पर्वलाई सार्वजनिक बिदा दिई राष्ट्रिय पर्वको रूपमा सम्मानित गरेको छ। गृह मन्त्रालयका प्रवक्ता र सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो।
ईद उल-फित्र इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व हो, जुन रमजान महिनाको समाप्तिको संकेतको रूपमा मनाइन्छ। रमजानको समयमा, धार्मिक मुस्लिमहरू बिहानको सुर्यास्तदेखि साँझको सूर्योदयसम्म रोजा (उपवास) राख्दछन्। यो महिना विशेष रूपले इबादत, दान–पुण्य र सदाचारको अभ्यासको लागि महत्त्वपूर्ण मानिन्छ। यस अवधिमा, रोजा खोलेर परिवार र मित्रसँग खुशी सँगै मनाउने परम्परा रहेको छ र आफ्नो सामर्थ्यानुसार दान गर्नाले पुण्य प्राप्त गर्ने काम पनि बढी गरिन्छ।
ईदको अर्थ सामान्यत: खुशी र उल्लास हो। एक महिना लामो उपवास राखेर, इस्लाम धर्मले बर्जित गरेका कार्यबाट परहेज गरि, धेरै पुण्य कमाएको अनुभवमा ईदको खुसी मनाइन्छ। विशेष रूपमा, बिहानको समयलाई ईदको नियतले नुहाएर शुद्ध र पवित्र अवस्थामा, मानिसहरू नजिकको खुला स्थानमा वा मस्जिदमा पुगेर ईदको नमाज अदा गर्दछन्।
ईदको नमाज पढ्नु अघि, गक्ष (दान) गर्न सक्षम भएका व्यक्तिहरूले तोकिएको रकम (जकात फित्रा) छुट्याएर गरीब र असहायहरूलाई सहयोग पुर्याउँछन्।
ईदको नमाजपछि, मानिसहरूले एक अर्कासँग गला मिलाएर ईदको शुभकामना आदानप्रदान गर्दछन् र एक अर्कासँग माफी माग्ने परम्परा पनि रहेको छ। यस अवसरमा, प्रत्येक घरले आगन्तुकलाई मिठो र स्वादिलो भोजन दिएर सत्कार गर्ने प्रचलन छ।
यद्यपि भाषिका र पोशाकका भिन्नताहरू रहेका छन्, संसारभरका मुस्लिमहरूका लागि रमजान महिना र ईद मनाउने प्रचलन प्रायः समान नै हुन्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij