
काठमाडौं ।पछिल्ला तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै वृद्धि भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आईतबार सुनको मूल्य १ लाख ७६ हजार ८०० रुपैयाँ र शुक्रबार १ लाख ७६ हजार २०० रुपैयाँ थियो। यसरी सुनको मूल्य प्रत्येक दिन नयाँ रेकर्ड बनाउँदै १ हजार १०० रुपैयाँले वृद्धि भएको छ।
सुनको मूल्यका साथै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको छ। आईतबार चाँदीको मूल्य २ हजार २५ रुपैयाँ थियो।
नेपालको सुनचाँदी बजारमा यो वृद्धि अर्थतन्त्र र व्यापारका लागि महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij