Logo

Apr 11 2025 | २०८१, चैत २९गते

Apr 11 2025 | २०८१, चैत २९गते

images

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता

  • बैङ्कक। बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको राजधानी बैंकक पुगेका बेला  प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।यस भेटवार्ता  अघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए ।

    ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो ।उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन ।

    प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताहरुबीच सौहार्द कुराकानी चलिरहेको छ । दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा तथा एस जयशंकरसहितको टोली वार्तामा सहभागी छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij