Logo

Apr 11 2025 | २०८१, चैत २९गते

Apr 11 2025 | २०८१, चैत २९गते

images

भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्ण : प्रधानमन्त्री ओली

भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्ण : प्रधानमन्त्री ओली

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको उहाँले बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उहाँले बताउनुभएको छ ।

    “हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ”, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij