काठमाडौँ । देशमा हाल पश्चिमी वायुका साथै अरब सागरमा विकसित न्यून चापीय प्रणालीको दोहोरो प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले आज देशभर मौसम साधारणतया बदली रहने अनुमान गरिएको छ।
दिउँसोका समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात वा वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
तराईका केही भागमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ भने राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहितका पहाडी क्षेत्रमा बदली मौसम रहनेछ। त्यस्तै, तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
विशेषगरी हिमाली क्षेत्रका बासिन्दालाई अनावश्यक यात्राबाट बच्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij