Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

काठमाडौंमा शिक्षकहरूको ठूलो प्रदर्शन: सिट्ठी जुलुसको तयारी

काठमाडौंमा शिक्षकहरूको ठूलो प्रदर्शन: सिट्ठी जुलुसको तयारी

  • काठमाडौँ।नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा जारी रहेको आन्दोलनमा देशभरका हजारौं शिक्षक सहभागी भएका छन्। विद्यालय शिक्षा विधेयकलाई चाँडो पारित गर्नुपर्ने लगायतका विभिन्न मागहरू प्रस्तुत गर्दै शिक्षकहरूले आफ्नो विरोध प्रदर्शन जारी राखेका छन्।

    चैत २० गतेबाट सुरु भएको यो आन्दोलनमा आज आइतबार विशेष कार्यक्रमको रूपमा सिट्ठी जुलुस प्रदर्शन गर्ने योजना बनाइएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा सहभागी शिक्षकहरूलाई ११ बजे माइतीघर मण्डलामा सिट्ठी बजाउँदै उपस्थित हुन आह्वान गरेका छन्।

    यस प्रदर्शनको माध्यमबाट शिक्षकहरूले सरकारको ध्यान आकर्षित गर्दै आफ्ना मागहरू पुरा गर्न आग्रह गर्दैछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij