Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

नयाँ वर्षमा पार्सल डेलिभरी महोत्सवको आयोजना गर्दै पठाओ नेपाल

नयाँ वर्षमा पार्सल डेलिभरी महोत्सवको आयोजना गर्दै पठाओ नेपाल

  • काठमाडौँ । पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ अभियान घोषणा गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित यही चैत २५ देखि बैशाख १७ गतेसम्म महोत्सव सञ्चालन भइरहेको पठाओ नेपालले जानकारी दिएको हो ।

    काठमाडौं उपत्यकाभित्र रहेका व्यापारीलाई लक्षित गरि विभिन्न उपहार र योजना ल्याएको पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले जनाएकी छिन् ।उनका अनुसार नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स हो। पठाओले त्यो चुनौती समाधान गर्दै, साना व्यवसायको पहुँच मुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ ।यस अभियानलाई लजिस्टिक्स क्षेत्रलाई आधुनिकीकरण गर्दै व्यवसायहरूलाई सशक्त बनाउने एक अवसरको रूपमा लिएको जनाइएको छ।

    पठाओको नयाँ योजनामा नयाँ दर्ता हुने सबै व्यापारीहरूले पहिलो ५० अर्डरसम्म ३ केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन्। कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिँदै काठमाडौं उपत्यकाभित्रको डेलिभरीका लागि ३ केजीसम्म ५९ रुपैयाँ र काठमाडौं उपत्यका बाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ। 

    साथै, महोत्सव अवधिभर २०० भन्दा बढी अर्डर गर्ने १० जना व्यापारीहरुले  फेसबुक एड क्रेडिट जित्न सक्ने जनाइएको छ।यसैगरी  दैनिक अर्डर गर्ने व्यापारीहरूमध्ये हरेक हप्ता एक जनाले १०० वटा निःशुल्क डेलिभरी भाउचर जित्न पाउने छन् । साथै  हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा शपिङ भाउचर जित्न सक्ने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij