
काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन )एफपीओ) मा अन्तिम दिनसम्ममा २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज अन्तिम दिनसम्ममा १९ लाख ७४ हजार ७०९ जना सर्वसाधारण आवेदकहरुले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ४५५.९१ गुणा बढी हो ।
कम्पनीले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij