Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

एमआरपी नराखेकाले कोसेली जुत्ता उद्योगलाई २ लाख जरिवाना

एमआरपी नराखेकाले कोसेली जुत्ता उद्योगलाई २ लाख जरिवाना

  • काठमाडौँ । अधिकतम् खुद्रा मूल्य (एमआरपी)सहितको लेबल नराखेको भनी कोसेली छाला जुत्ता उद्योगलाई जरिवाना तिराएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपीसहितको लेबल नराखेकोमा  कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिवाना तिराएको हो । विभागले लेबलविनाका वस्तु बिक्रीमा रोक लगाएको छ ।

    विभागले जनाए अनुसार उद्योगले उत्पादन गरेको जुत्तामा एमआरपीसहितको लेबल नरहेको पाइएको छ । विभागले उद्योगलाई व्यवसायसम्बन्धी कागजपत्र लिएर उपस्थित हुन निर्देशन समेत दिएको छ।यसैगरी विभागले पशुपति ट्रेडिङ कन्सर्न र जनता केवल इन्डस्ट्रिजको कारोबार फुकुवा गरेको जनाएको छ। यी दुई फर्मको कारोबार मंगलबार रोक्का गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij