Logo

Apr 17 2025 | २०८२, वैशाख ५गते

Apr 17 2025 | २०८२, वैशाख ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत २६ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् चैत २६ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज २६ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    विन नेपाल लघुवित्तको एफपीओमा ४५५.९१ गुणा बढी आवेदन

    काठमाडौं ।  विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन )एफपीओ) मा अन्तिम दिनसम्ममा २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज अन्तिम दिनसम्ममा १९ लाख ७४ हजार ७०९ जना सर्वसाधारण आवेदकहरुले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ४५५.९१ गुणा बढी हो । 

    कम्पनीले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो ।

    समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा १.७३ अंकले बढेर २६७१.८० बिन्दुमा, ५ अर्ब ३० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा १.७३ अंकले बढेर २६७१.८० बिन्दुमा आएको छ । आज ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ६ वटा समूहका सूचक बढेका छन् । ५ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
    यस दिन ३ सय २१ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

    शेयर बजारको कानुनसम्मत लुटमा नियन्त्रण गर्ने उपायको खोजीमा नियामक

    काठमाडौँ । शेयर बजारमा भइररहेको कानुनसम्मत लुटलाई नियन्त्रण गर्ने नीतिगत व्यवस्था गर्न लागिएको भनिएको छ । नेपाल धितोपत्र बोर्डले  आईपीओ निष्काशनसम्बन्धी व्यवस्थामा कडाइ गर्न लागेको हो ।धितोपत्र बोर्डमा  ७ दर्जन बढी कम्पनी आईपीओ निष्काशनका लागि आवेदन दिएका छन्  । बोर्डले ती कम्पनीहरूलाई अनुमति दिन यसैले ढिलाइ गरेको देखिएको छ ।

     

    स्रोतका अनुसार यसरी आईपीओ निष्काशनका लागि आवेदन दिएका कम्पनीहरूमा कतिपय कम्पनीको आर्थिक अवस्था साह्रै कमजोर रहेको छ । बैंकको ऋणमा चलिरहेको कम्पनीले बैंकको ऋण तिर्ने उद्देश्यले आईपीओ जारी गर्ने योजना पनि रहेको हुन्छ । कमाउने बेला कमायो काउन नसकिरहेको बेला आईपीओ निकाल्यो पैसा बटुलेर ऋणको भारी आईपीओ खरिदकर्ताको टाउकोमा बिसाउने योजना अन्तर्गत आईपीओ निष्काशन गर्ने गरेको पाइएको स्रोतको भनाइ छ ।

    ट्रम्पका व्यापारिक कर नीतिले विश्व सेयर बजारलाई हल्लायो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः सत्ता सम्हालेसँगै ट्यारिफ आधारित संरक्षणवादी आर्थिक नीति लागू गर्न थालेका छन्। विशेषतः चीन, मेक्सिको, र युरोपेली देशहरूबाट हुने आयातमा उच्च दरको कर (ट्यारिफ) लगाउने निर्णयले विश्वभरका सेयर बजारहरूमा एकैचोटि गिरावट ल्याएको छ। यस घटनाले केवल व्यापारिक तनाव मात्र बढाएको छैन, लगानीकर्ताहरूको मनोविज्ञानमा समेत गम्भीर असर पारेको देखिन्छ।

     

    ट्रम्पको नीति र त्यसको प्रत्यक्ष असर:
    चीनबाट आयात हुने वस्तुहरूमा २०% ट्यारिफ (मार्च २०२५ बाट लागू)

    मेक्सिको र क्यानडाबाट गाडी र स्टीलमा १५% कर

     

    अमेरिकाबाट बाहिर उत्पादन गरिने अमेरिकी कम्पनीका सामानहरूमा ‘बोर्डर एडजस्टमेन्ट ट्याक्स’ प्रस्ताव

    यसको परिणामस्वरूप अमेरिकी बजारमा उत्पादन लागत बढ्ने, महँगी चुलिने, र आपूर्ति शृंखलामा बाधा आउने चिन्ताले लगानीकर्तालाई आक्रान्त बनाएको हो।

    विश्व बजारमा पारेको प्रभाव

    पियोर इनर्जी लिमिटेडको आइपीओ  २८ चैतदेखि बिक्री सुरु गर्ने

    काठमाडौं ।पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आफ्ना सेयरको आइपीओ बिक्री सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने छ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ हुनेछ।

    सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि नबिकेमा, वैशाख ११ गतेसम्म आवेदन दिनको लागि समय थप हुनेछ। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिन्छ।

     

    यो आइपीओ आवेदन सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत गर्न सकिनेछ। कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार सुरु, पहिलो कारोबार ३०२.३० रुपैयाँमा खुला

    काठमाडौं ।नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार आजदेखि सुरु भएको छ। मंगलबार स्पेसल प्रि ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुला भएको हो। सोही मूल्यलाई आधार बनाएर नियमित कारोबार पनि सुरु गरिएको छ।

    नेप्सेले नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबारका लागि न्यूनतम १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो, र सेयर उक्त रेन्जको अधिकतम विन्दुमा कारोबार खुला भएको हो।

    भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

    गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल  गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

     

    नेपाली कांग्रेस गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरु तयार रहेको बताउनुभयो । 

      कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको जिकिर गर्दै महामन्त्री थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचिएर बस्न नसक्ने बताउनुभयो । एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्ने तर त्यसको जिम्मेवारी कांग्रेसले नबोक्ने उहाँको भनाइ थियो ।

    भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

    नयाँदिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

     

     

    मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई बताउनुभयो ।

     

    “उनका कागजातहरू नक्कली भएको पाइएको छ।।। अभियुक्त चिकित्सकलाई हाम्रो टोलीले पक्राउ गरेको छ”, सोमवंशीले भन्नुभयो ।

    सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

    काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । 
      
      मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गर्नुभएको हो । वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ । 
     
     विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुको आन्दोलन जारी छ । मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरुसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो । तर उक्त छलफल तथा परामर्श भने हुन सकेको थिएन ।

    राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली

    सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताउनुभएको छ । 

     

    सिरहा सदरमुकाममा नेकपा (एमाले) को ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा यही चैत १५ गतेको उनीहरुको क्रियाकलापले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताउनुभयो । 

    “राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना पनि होइन, दिउँसै देखेको सपना हो । यो कुनै काम लाग्दैन । चैत १५ गतेको उनीहरुको क्रियाकलापले त्यो सपना भङ्ग भइसक्यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने नेपाली जनताले देखिसके । त्यस्ताको हातमा शासन गयो भने देशमा के हुन्छ होला रु तर, जानेवाला छैन । म आम नेपाली जनतालाई ढुक्क रहन आग्रह गर्दछु ।”

    राप्रपाका स्वयंसेवकहरूले बल्खु सभाको फोहर सफा गरे

    काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का स्वयंसेवकहरूले बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर फोहर सफा गरेका छन् ।महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गरेका हुन् ।कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए ।

     

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ ।’

    नेपाललाई ग्रे लिष्टबाट निकाल्न कसूरजन्य सम्पत्तिको व्यवस्थापन गर्नु आवश्यकतामा जोड

    काठमाडौँ । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न  कसूरजन्य सम्पत्तिको व्यवस्थापन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।  गे्र लिष्टबाट निकाल्ने प्रक्रिया अगाडि बढाउने क्रममा  सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा यस्तो जोड दिइएको हो ।

     

    उक्त बैठकले नेपाललाई ग्रे लिष्टबाट हटाउने कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।जिम्मेवार निकाय, गतिविधिहरू तथा ती सम्पन्न गर्ने समय सीमासहितको कार्ययोजना अब कार्यान्वयन गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट हटाउने कार्ययोजना अनुसार काम गर्दै गर्दा भविष्यमा पुनः ग्रे सूचीमा नपर्ने गरी दीर्घकालीन दृष्टिकोणले कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    नयाँ वर्षमा पार्सल डेलिभरी महोत्सवको आयोजना गर्दै पठाओ नेपाल

    काठमाडौँ । पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ अभियान घोषणा गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित यही चैत २५ देखि बैशाख १७ गतेसम्म महोत्सव सञ्चालन भइरहेको पठाओ नेपालले जानकारी दिएको हो ।

     

    काठमाडौं उपत्यकाभित्र रहेका व्यापारीलाई लक्षित गरि विभिन्न उपहार र योजना ल्याएको पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले जनाएकी छिन् ।उनका अनुसार नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स हो। पठाओले त्यो चुनौती समाधान गर्दै, साना व्यवसायको पहुँच मुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ ।यस अभियानलाई लजिस्टिक्स क्षेत्रलाई आधुनिकीकरण गर्दै व्यवसायहरूलाई सशक्त बनाउने एक अवसरको रूपमा लिएको जनाइएको छ।

    चितवनका २७९ उद्योग बन्द

    चितवन ।  उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए ।

     

     

    कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनाका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन् । कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् । उहाँका अनुसार यस वर्ष  २७३ नयाँ उद्योग दर्ता भएका छन् । निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन् । यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए ।

    ट्रम्पले ५०% थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

    बेइजिङ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको ५० प्रतिशत थप भन्सार महसुलको धम्कीविरुद्ध चीनले मङ्गलबार ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ । 

     

     

    चीनको उक्त घोषणाले विश्व बजारबाट पहिले नै खर्बौं डलर गुमाइसकेको व्यापारिक युद्धलाई अझ बढाएको छ ।

     

    ट्रम्पले गत हप्ता व्यापक भन्सार महसुल लगाएर विश्व अर्थतन्त्रलाई हल्लाउनुभएको थियो । यसले अन्तर्राष्ट्रिय मन्दीको खतरा उत्पन्न गरेको छ तर बजारमा नाटकीय गिरावट आए पनि उहाँले आफ्नो आक्रामक व्यापार नीतिमा कुनै विराम दिने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

    आगामी आर्थिक वर्षको बजेटमा निर्माणका लागि सुझाव माग्दै अर्थ मन्त्रालयको आग्रह

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीलाई ध्यानमा राख्दै, अर्थ मन्त्रालयले विभिन्न संघसंस्था, विज्ञ, व्यवसायी, पेशाकर्मी, कर्मचारी र सर्वसाधारणलाई निर्माणका लागि उपयुक्त सुझावहरू दिनको लागि अनुरोध गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै, बजेटमा समावेश गर्न सकिने महत्त्वपूर्ण विषयहरूको बारेमा सुझाव पठाउनका लागि सबैलाई आह्वान गरेको छ। सुझावहरू अर्थ मन्त्रालयको वेबसाइट र इमेल ठेगानामा पठाउन सकिने छ । आगामी वैशाख मसान्तभित्र सुझाव पेश गर्न अनुरोध गरिएको छ।

    शेयर बजारको कानुनसम्मत लुटमा नियन्त्रण गर्ने उपायको खोजीमा नियामक

    काठमाडौँ । शेयर बजारमा भइररहेको कानुनसम्मत लुटलाई नियन्त्रण गर्ने नीतिगत व्यवस्था गर्न लागिएको भनिएको छ । नेपाल धितोपत्र बोर्डले  आईपीओ निष्काशनसम्बन्धी व्यवस्थामा कडाइ गर्न लागेको हो ।धितोपत्र बोर्डमा  ७ दर्जन बढी कम्पनी आईपीओ निष्काशनका लागि आवेदन दिएका छन्  । बोर्डले ती कम्पनीहरूलाई अनुमति दिन यसैले ढिलाइ गरेको देखिएको छ ।

     

    स्रोतका अनुसार यसरी आईपीओ निष्काशनका लागि आवेदन दिएका कम्पनीहरूमा कतिपय कम्पनीको आर्थिक अवस्था साह्रै कमजोर रहेको छ । बैंकको ऋणमा चलिरहेको कम्पनीले बैंकको ऋण तिर्ने उद्देश्यले आईपीओ जारी गर्ने योजना पनि रहेको हुन्छ । कमाउने बेला कमायो काउन नसकिरहेको बेला आईपीओ निकाल्यो पैसा बटुलेर ऋणको भारी आईपीओ खरिदकर्ताको टाउकोमा बिसाउने योजना अन्तर्गत आईपीओ निष्काशन गर्ने गरेको पाइएको स्रोतको भनाइ छ ।

    नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

    अछाम ।जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

     

    पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन् । उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो ९डाँठ, पात, बोक्रा० पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिनुभयो ।

    उहाँले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । वन ऐन, २०७६ अनुसार रु दुई लाखभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ ।

    नेपाल धितोपत्र बोर्डले दियो ट्रेड टावरलाई आईपीओ निष्कासन गर्ने अनुमति

    काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ट्रेड टावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ। चैत २५ गते बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनको लागि स्वीकृति दिएको हो।

     

    कम्पनीले २०७९ साल असार १४ गते ११ करोड ५८ लाख ९८० कित्ता आईपीओ निष्कासनको अनुमति मागेको थियो, तर बोर्डले कम्पनीले मागेकोभन्दा कम आईपीओ निष्कासनको अनुमति दिएको छ। यो कम्पनीले ३२ महिनापछि आईपीओ निष्कासनका लागि स्वीकृति पाएको हो।

    सुनको मूल्यमा चौथो दिन पनि गिरावट, चाँदीको मूल्य स्थिर

    काठमाडौं । सुनको मूल्य लगातार चौथो दिन घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज मंगलबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४ सय रुपैयाँ पुगेको छ। यसअघि, सोमबार यसको मूल्य १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

     चाँदीको मूल्य भने स्थिर रहँदै १८ सय ३० रुपैयाँ प्रतितोला कायम भएको छ।

    वायु प्रदूषण न्यूनीकरणमा सरकारले तत्काल कदम चाल्नुपर्ने

    काठमाडौँ । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

     

     

    नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले प्रदूषण रोकथाममा सरकार र सङ्घसंस्थाबीच सहकार्य र समन्वयमा जोड दिएका हुन् ।

     

    हरेक वर्षको सुक्खायाममा वन डढेलोलगायतका कारण प्रदूषण बढ्ने तथ्य हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समाधानका उपाय खोज्नु व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ । वायु प्रदूषण बढेपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका बिरामी बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ ३४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ । 

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij