Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

सान्टो डोमिङ्गोमा नाइटक्लबको छत भत्किँदा ६६ जनाको मृत्यु, १ सय ५० भन्दा बढी घाइते

सान्टो डोमिङ्गोमा नाइटक्लबको छत भत्किँदा ६६ जनाको मृत्यु, १ सय ५० भन्दा बढी घाइते

  • काठमाडौँ।डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गो स्थित एक नाइटक्लबको छत अचानक ढल्दा ६६ जनाको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

    घटना राजधानीको प्रसिद्ध "चार्चित नाइट क्लब"मा गायक रुबी पेरेजको कन्सर्ट चलिरहेका बेला भएको हो। अचानक छत भत्किँदा क्लबमा उपस्थित सयौं मानिसहरू भाग्ने अवसर पाएका थिएनन्। यस दुर्घटनामा पूर्व बेसबल खेलाडी अक्टाभियो डोटेल पनि प्राण गुमाउनु परेको छ। ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकाल्ने प्रयास गर्दा अस्पताल पुर्याइरहँदा मृत्यु भएको थियो।

    कन्सर्टको भीडमा दुर्घटना घटेको समयमा गायक रुबी पेरेज पनि हराइरहेका छन्।

    मानविक सहायता र उद्दारका लागि ४ सय भन्दा बढी उद्दारकर्मी परिचालन गरिएको छ। कतिको अझै भग्नावशेषमा फसेका छन् भन्ने चिन्ता छ र यस कारण मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ। यस घटनाको वास्तविक कारण भने अझै पत्ता लागेको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij