Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

नेपाल राष्ट्र बैंक २१ दिनका लागि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंक २१ दिनका लागि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले २१ दिनका लागि २० अर्ब रुपैयाँ  तानिरहेको छ ।विभिन्न सर्तहरू अन्तर्गत निक्षेप संकलन उपकरणको उपयोगरी बोलकबोल मार्फत् २० अर्ब रुपैयाँ तान्न राष्ट्र बैंकले योग्य बोलकबोलकर्ताहरूलाई आह्वान गरेको हो ।

    केन्द्रीय बैंकद्वारा जारी विज्ञप्ति अनुसार बोलकबोलकर्ताले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरको प्रयोग गरी बोलकबोल गर्न चाहने रकम र त्यसको ब्याजदर उल्लेख गरी आवेदन दिनुपर्ने छ ।

    निष्काशन मिति २७ गते जारी भइ त्यसको सावाँ र ब्याज भुक्तानी  बैशाख १७ गते हुने जनाउँदै आह्वान गरिएको सूचना अनुसार बोलकबोलकर्ताले घटीमा १० करोडले र बढीमा ५ करोडले निशेष भाग जाने रकम बोलकबोल गर्न आवेदन दिनुपर्नेछ ।

    राष्ट्र बैंकद्वारा इजाजत प्राप्त क , ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले यो बोलकबोलमा भाग लिन पाउने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij